
काठमाडाैं । ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।
यो आईपीओमा आवेदन दिने आज अन्तिम दिन भएता पनि आइतबार भोटो देखाउने जात्राको सार्वजनिक बिदा परेकाले आवेदन दिने समय थप गरिएको हो । कम्पनीले कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओ जारी गरेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एलएस क्यापिटल लिमिटेड रहेको छ ।
कमेन्ट गर्नुहोस्








