
काठमाडौं। चालु आर्थिक वर्ष २०८१।८२ को चार महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ०.१७ प्रतिशतमात्र धेरै हो ।
अघिल्लो आव कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड बराबर वस्तु आयात भएको थियो । यो अवधिमा नेपालले ५२ अर्ब ६७ करोड रुपैयाँको निर्यात गरेको छ । नेपालले गरेको यस्तो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१६ प्रतिशतले बढी हो ।
चालु आवको पहिलो चार महिनासम्मको अवधिमा नेपालको व्यापार घाटा ०.२६ प्रतिशतले घटेको छ भने नेपालको वैदेशिब व्यापार ०.५३ प्रतिशतले बढेको छ ।
यो अवधिसम्ममा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब रुपैयाँको छ । तथ्यांक अनुसार नेपालले ९१ प्रतिशतको आयात गर्दा ९ प्रतिशतको मात्रै निर्यात गर्ने गरेको छ ।
कमेन्ट गर्नुहोस्








