
काठमाडाैं । रिभर फल्स पावर लिमिटेडका गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीकाे ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी नाफामा पुगेको हो। गत आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ७ लाख रुपैयाँ घाटामा थियो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले बिजुली बेचेर १८ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी १४ करोड २८ लाख रुपैयाँ रहेको थियो ।
सो अवधिसम्ममा कम्पनीको अन्य आम्दानी १४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने वित्तीय खर्च १८ करोड ४४ लाख रुपैयाँ रहेको छ।
७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९ लाख ९४ हजार रुपैयाँ छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १०० . १४ रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४१.८७ गुणा र तरलता अनुपात ०.५२ प्रतिशत कायम भएको छ ।








