
सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितलेकाे मूल्य प्रतिलिटर एक-एक रूपैयाँ घटाएको छ । निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हाे ।
योसँगै अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३.५० र डिजेलको मूल्य १५३.५० रूपैयाँ कायम भएको छ ।
यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेल र मट्टितलेकाे मूल्य १५५ रूपैयाँ कायम भएको छ भने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेल र मट्टितलेको मूल्य १५६ रूपैयाँ कायम भएको निगमले जनाएको छ ।
कमेन्ट गर्नुहोस्







