फरार भनिएका ‘तपस्वी’ बम्जन १५ वटा मोबाइल र ३ करोड ३० लाख नगद सहित पक्राउ

Share:

काठमाडौँ । यौनहिंसा तथा हत्या गरेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको छ ।

प्रहरी बाट बच्न बरण्डाबाट हाम फालेका बम्जनको घरबाट प्रहरीले ठूलो परिणाममा नगद बरामद गरेको छ । हात्तीगौंडास्थित बम्जनको निवासबाट ३ करोड ३० लाख ७५ हजार रुपैयाँ नगद, केहि मात्रामा विदेशी मुद्रा र १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको ब्युरोले जनाएको छ ।

लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका बम्जन पछिल्लो समय सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनीभन्दा बढी जंगल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए । बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो।

बम्जनविरुद्ध पाँच परिवारले आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको प्रहरीमा उजुरी परेपछि खोजिरहेको थियो ।

कमेन्ट गर्नुहोस्