बलात्कार मुद्दामा दोषी क्रिकेटर लामिछानेको सजाय आज तोकिँदै

Share:

काठमाडौँ, पुस २५ गते । काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोक्ने भएको अदालत स्राेतले जनाएकाे छ ।

गत पुस १३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । अदालतले लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको ठहर गरेको थियो ।

कमेन्ट गर्नुहोस्