नेपाल इन्स्योरेन्सको साधारणसभाबाट लाभांश पारित

290
0
Share:

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारणसभा आज (शुक्रबार) सम्पन्न भएको छ। कम्पनीको सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश प्रस्ताव पनि पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९ रुपैयाँको १० प्रतिशत बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।

सभामा लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारिश्रमिक तोक्ने, कम्पनीको प्रबन्धपत्रको दफा ५ को (ख) र (ग) मा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन र प्रस्ताव पारित तथा संस्थातग सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन भएको छ।

त्यस्तै, उक्त सभामा बार्षिक प्रतिवेदनको छलफल तथा संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा पारित भएको छ ।

कमेन्ट गर्नुहोस्