
काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ। आजगजनीबाट गाडी जलेर पूर्ण नष्ट भएको छ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बा२झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्।
उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए। मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो झोसेको बताइएको छ।
कमेन्ट गर्नुहोस्








