पश्चिम नेपालको भ्रमणमा जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

Share:

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएका छन् । पश्चिम क्षेत्र र मध्य क्षेत्रको भ्रमणको सिलसिलामा पूर्वराजा शाह  आगामी हप्ता भैरहवा जाने भएका हुन् ।

शाहका संवाद सचिव डा. फणिराज पाठकले सोमवार एक सूचना जारी गर्दै पूर्व राजासँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भैरहवा जाने बताएका छन् ।

पूर्वराजा शाहले पश्चिम र मध्यपश्चिमका केही जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्