
काठमाडौँ । देशका सातै प्रदेशका गृह मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न काठमाडौँ आएका छन् ।
प्रदेश गृहमन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई दिउँसो २ बजे र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिउँसो साढे ३ बजे भेटवार्ता गर्ने र प्रहरी समायोजनमा सङ्घीय सरकारले गरेको ढिलाइले आफूहरूलाई काम गर्न अप्ठेरो परेको भन्दै ध्यानाकर्षण तथा ज्ञानपन पत्र बुझाउने कार्यक्रम तय भएको छ ।
प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भएको भएपनि केन्द्र सरकारले कार्यन्वयनमा नलगेकोमा प्रदेश सरकारहरूले लामो समय देखि असन्तुष्टि जनाउँदै आएका थिए ।
मधेस प्रदेश सरकारले प्रहरी समायोजनमा ढिला गरे आफ्नै ढङ्गले अघि बढ्ने चेतावनी दिँदै आएको भएपनि यस पटक सबै प्रदेशका गहृमन्त्रीहरु एकै ठाउँ उभिएर केन्द्र सरकारलाई दबाब दिन लागेका हुन् ।







