
त्रिभुवन विश्वविद्यालले पुस २ गते ४९ औं दिक्षान्त समारोह आयोजना गर्ने भएको छ। सोमबार एक सूचना प्रकाशित गर्दै त्रिविले पुस २ गते दशरथ रंगशालामा दीक्षान्त समारोह हुने जानकारी दिएको हो।
सहभागी हुन अनलाइन मार्फत फाराम भराइसकेको त्रिविले बिद्यार्थीहरुलाई गाउन/स्कार्फ/टोपी पहिरी बिहान ८:०० बजेदेखि १०:०० बजेभित्र समारोह स्थलमा प्रवेश गरि तोकिएको स्थानमा बस्न अनुरोध गर्दै गाउन र स्कार्फ मंसिर २४ देखि ३० गतेसम्म त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा वितरण गरिने जानकारी समेत दिएको छ।
कमेन्ट गर्नुहोस्








