जनकपुरको कमला नदीमा देशकै अनौठो भूत मेला लाग्यो (तस्बिरहरु)

311
0
Share:

११ मंसिर, जनकपुरधाम। मधेश प्रदेशको धनुषा र सिराहा जिल्लाको सीमा भएर बग्ने कमला नदीमा कात्तिक पूर्णिमाको दिन लाग्ने गरेको भूत मेला लागेको छ।

सर्वासाधारणहरु सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायतका घाटमा धामी झाक्रीहरु सहित पुगी स्नान अर्चना गर्ने गरेका छन् । यसबाट भूत बैताल, देवी देवताहरुको नकारात्मकता हराउने विश्वास गरिन्छ ।

धामी झाँक्रीको मेला पनि भनिने यो अवसरमा नयाँ धामी झाँक्री बन्ने तथा तन्त्रमन्त्रमा सिद्धी पाउने जनविश्वास रहेको छ भने घर तथा जमिन शुद्ध पार्न भूत मेलामा स्नान गरेर घर फर्किदा कमला नदीको शुद्ध पानी ल्याई छर्केर शुद्ध परिने गरिएको छ।

सर्वसाधारणहरु पनि आजका दिन कमलामा स्नान गरे दु:ख, क्लेश तथा पापबाट मुक्त हुने विश्वास रहेकोले भारतबाट समेत ट्याक्टर, बस, जीप जस्ता सवारीसाधनमा श्रद्धालुहरु मेला भर्न आउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्