महिला टी २० : तान्जानियासँग नेपालको पहिलो खेल

Share:

काठमाडौं । हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टी-२० प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपालले तान्जानियासँग खेल्ने भएको छ ।

यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले तान्जानियासँग यही कात्तिक २९ गते बुधबार खेल्नेछ ।  हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

कात्तिक ३० गते हङकङसँग नेपालले आफ्नो दोस्रो खेल  खेल्नेछ भने तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ । त्यस्तै तेस्रो स्थान र फाइनल खेल मंसिर ३ गते हुनेछ ।

बन्द प्रशिक्षणमा बोलाएको टोली :

रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, संगिता राई, ज्योति पाण्डे, पुजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, अश्मिना कर्माचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनिषा चौधरी र कविता जोशी ।

कमेन्ट गर्नुहोस्