भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १२८ (अपडेट)

Share:

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ ।

५५ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले अनलाइनपानालाई बताए ।

भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए ।

सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ ।

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते छन् । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्