आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने

Share:

काठमाडौं। सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज र भोली बालबालिकालाई भिटामीन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ ।

हरेक वर्ष सरकारले पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएकोमा यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ ।

यसैगरिे १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्