सुनको मूल्य बढ्यो ,कारोबार कतिमा हुँदैछ ?

Share:

काठमाडौं । सुनको मूल्य तोलामा २०० रुपैयाँले साताको अन्तिम कारोबार दिन शुक्रबार बढेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको हो ।

योसँगै छापावाला सुन प्रतितोला १ लाख १५ हजार ९०० रुपैयाँ पुगेको छ  र  तेजाबी प्रतितोला सुन १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा पुगेको  छ । चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा अघिल्लो दिन कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्