अन्ततः नेपाली ल्याउन जहाज आज इजरायल जाँदै

Share:

काठमाडौँ । सरकारले अन्ततः इजरायलमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउन लागेको छ।

परराष्ट्र मन्त्रालय श्रोत ले जनाएअनुसार नेपाल वायु सेवा निगमको जहाज दुबईलाई ट्रान्जिट बनाएर आज राती ११ बजे इजरायल जान लागेको हो ।

शनिबार बाट प्यालेष्टिनका विद्रोही समूह हमासले आक्रमण गर्दा इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु ४ जना घाइते तथा एक नेपाली बेपत्ता छन् भने घरफिर्तीका लागि करिब ३ सय ५० जनाले दूतावासमा अवादन दिएका खबर छ।

कमेन्ट गर्नुहोस्