कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने तयारि

Share:

विराटनगर । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज बाट कोशी प्रदेशसभाको चौथो अधिवेशन आह्वान गरेका छन् । सर्वाेच्च अदालतको परमादेशबाट २२ भदौंमा संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् ।

आजको बैठकमा प्रदेश सरकारले गत २४ भदौमा ल्याएको अध्यादेश टेबल गर्ने सम्भावना छ भने असोज २० गते विश्वासको मत लिने तयारी गरिएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन् ।
विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वत: पदमुक्त हुनेछन् भने उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
कमेन्ट गर्नुहोस्