
१४ असोज, काठमाडौं । देश भरि चिकित्सक कुटिने क्रम बाट उत्पन्न विवाद साम्य हुन नपाउदै आज फेरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ ।
आइतबार दिउँसो करिब साढे १२ बजे इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालका अनुसार अनुसार मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले चिकित्सक माथि कुटपिट गरेका हुन् ।
केएमसीमा डाक्टरमाथि कुटपिट भएपछि वरपरका साथै भक्तपुरमा रहेका अन्य अस्पतालका डाक्टरहरू पनि त्यहाँ पुगेर नाराबाजी गरेका छन्। चिकित्सकहरूले चक्रपथ बन्द गर्न जान लागेपछि अहिले केएमसीमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
कमेन्ट गर्नुहोस्







