एमसीसीकी प्रमुख कार्यकारी अधिकृत नेपाल आउँदै

Share:

काठमाडौँ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट आइतबार नेपाल आउने भएकी छन्। अल्ब्राइटको नेपाल बसाइ पाँच दिनको हुने नेपाल स्थित अमेरिकी दुताबासले जनाएको छ ।

सीईओ अल्ब्राइटले आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेतलगायत अन्य सरकारी उच्च अधिकारी र शीर्ष राजनीतिक नेतासँग भेतवार्ता गर्ने बताइएको छ।

एमसीसी परियोजना गत भदौ १३ बाट कार्यान्वयनमा गएको बताईएपनि ठेक्का प्रक्रिया र जग्गा अधिग्रहण लगायतका विषयहरुमा देखिएको समस्या समाधान नभएका कारण यसको कार्यान्वयन प्रक्रिया भने अन्योलमा परेको छ।

कमेन्ट गर्नुहोस्