
काठमाडौँ । सुन तस्करीको आरोपमा प्रहरी अनुसन्धानका लागि थुनामा रहेका २६ प्रतिवादीहरुको थुनछेक बहस आज बाट सुरु हुने भएको छ । निजहरुको बयान हिजो सकिए पश्चात आजबाट थुनछेक बहस हुन लागेको हो ।
हाल सम्म सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सि.आइ.बी.) ले बेल्जीयम नागरिकता भएका चिनिया मूलका दावा छिरिङ, चिनिया नागरिक तीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ, ली वेन सुङ र नेपाली नागरिकहरु गणेश पौडेल, राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्णकुमार श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ गरि २६ जना आरोपित रहेका छन्।
कमेन्ट गर्नुहोस्







