काठमाडौँ । १९औं एसियाडमा नेपालले मंगोलियालाई २७३ रनको योगफल सहित पराजित गर्दै सबैभन्दा ठूलो अन्तरले जित्ने टिमको विश्व कीर्तिमानसमेत बनाएको छ ।
नेपालले यो मैदानमा सबैभन्दा छिटो शतक र अर्धशतक, सबैभन्दा उच्च स्कोर तथा सबैभन्दा बढी रनले जित्ने देशको विश्व कीर्तिमान कायम गरेको हो ।
टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालका लागि सबैभन्दा पहिलो विश्व कीर्तिमान कुशल मल्लले बनाएका थिए भने उनले ३४ बलमा शतक बनाएर सबैभन्दा छिटो शतक बनाउने खेलाडीको सूचीको पहिलो स्थानमा आफ्नो नाम लेखाएका हुन् ।
दोस्रो कीर्तिमानको रुपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने । उनले ९ बलमा अर्धशतक बनाउँदै रेकर्ड कायम गरेका हुन् । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन बनाएको थियो ।
कमेन्ट गर्नुहोस्