
काठमाडौँ । खिलराज रेग्मी नेतृत्वको सरकारमा पर्यटन, शान्ति तथा खेलकुदमन्त्री रहेका रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्। सोमबार बसेको विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले श्रेष्ठलाई अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर गरेको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले श्रेष्ठसहित उनकी श्रीमती र छोरालाई समेत प्रतिवादी बनाएर ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रूपैयाँ ९८ पैसा बिगो दाबी सहित मुद्दा दायर गरेको थियो।
माओवादीको कोटाबाट रेग्मी नेतृत्वको चुनावी सरकारमा २०६९ चैतदेखि २०७० माघसम्म मन्त्री भएका श्रेष्ठ २०६४ सालमा अवकाश पाएका पुर्व सचिव हुन्।
कमेन्ट गर्नुहोस्







