
मित्र राष्ट्र चिनको भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा भेटबार्ता गरि विभिन्न विकास परियोजनाहरुका द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल र चिन बीच कृषि, पूर्वाधार, विद्युतलगायतका परियोजनामा हस्ताक्षर भएको बताइएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार १२ वटा सम्झौता र एउटा लेटर अफ एक्सचेन्ज मा हस्ताक्षर भएको हो ।
सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराउने तयारी भइरहेको छ ।
प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी छ्याङबीच भेटवार्ता अघि चिनियाँ जनमुक्ति सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । यस्तै आजै बिहान प्रधानमन्त्री दाहाल र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो ।
कमेन्ट गर्नुहोस्







