हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट

Share:

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका आईपीओ बाँडफाँड भएको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । माग भन्दा धेरै गणा बढी आवेदन परेको कारण आईपीओ गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ ।

क्यापिटलका आनुसार आईपीओमा कुल १२ लाख ७० हजार ९ सय ९१ जनाको आवेदन परेको थियो । जस मध्ये १२ लाख ६७ हजार हजार ७ सय ९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई सेयर बाँडफाँट गरिएको छ ।

जस अनुसार १ लाख २१ हजार ३ सय ८७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये १ जनाले २१ कित्ता शेयर पाएका छन् भने बाँकिले २० कित्ताको दरले सेयर पाएका छन् ।

कमेन्ट गर्नुहोस्