ओरियन्टल होटेल्सले साधारणसभा बोलाउदै गर्यो नगद लाभांश घोषणा

Share:

काठमाडौं । ओरियन्टल होटेल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज २५ गते  सभा आह्वान गरेको हो ।

सभामा लाभांशसहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले  हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाखको ५.२६३२ प्रतिशतले हुन आउने ५ करोड ९३ लाख ७३ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ११ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

सभामा  सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित नोक्सान हिसाव, नगद प्रवाह विवरण,  लगायत वार्षिक आर्थिक विवरणमाथि छलफल हुनेछ ।

सभामा आ.व. २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछन्।

कमेन्ट गर्नुहोस्