
काठमाडौ। सभामुखको पदमा आशिन संसदले मत दिएको भन्दै खारेजीको लागि कोशी प्रदेशका पुर्व मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा दिएको रिट उपर अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत बदर गर्ने फैसला सुनाएको छ। योसँगै थापाले दोस्रो पटक मुख्यमन्त्री पद गुमाएका छन् भने हिक्मत कार्की नया मुख्य मन्त्री नियुक्त हुने छन् ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको इजलासले बिहीवार यस्तो फैसला सुनाएको हो।
थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गर्दै सर्वोच्चले नेकपा (एमाले) का नेता हिक्मतकुमार कार्की लाई ४८ घण्टाभित्र नियुक्त गर्नसमेत आदेश दिएको छ।
संविधानको धारा १६८को उपधारा २ अनुसार थापाले विश्वासको मत पाउन नसकेकाले उपधारा ३ अनुसार धेरै सांसद भएको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा आदेश जारी गरेकाे हाे।







