सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष पक्राउ

Share:

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सवारीको ब्रेक शुको रुपमा बरामद भएको सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष समेत रहेका बारा जिल्लाका शिवकुमार सर्राफ रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गएराति पक्राउ गरेको हो।

सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २७ पुगेको छ।

कमेन्ट गर्नुहोस्