
काठमाडौँ । काठमाडौँलाई हेटौडा संग जोड्ने छोटो राजमार्गको रुपमा रहेको कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति गएको पहिरोले राजमार्गमा क्षति पुग्न गइ यातायात सेवा अवरुद्ध भएको छ ।
उक्त स्थानमा निरन्तर पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो गएको स्थान मकवानपुर र ललितपुर जिल्लाको सिमानामा पर्दछ ।
हाल काठमाडौँ बाट हेटौडा जाने त्रिभुवन राजपथ र भीमफेदी-कुलेखानी सडकखण्ड भने सञ्चालनमा रहेको छ ।
कमेन्ट गर्नुहोस्







