विवादित बनेका अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालयमा तानिए

Share:

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावाछिरिङसँग सामाजिक सञ्जालमा सम्पर्क देखिएको भन्दै उनलाई छानबिनका लागि गृहमन्त्रालयमा तानिएका छन् ।

गृह मन्त्रालयका उच्च श्रोतका अनुसार विवादित व्यक्तिलाई जिम्मेवारीमा राख्नु हुँदैन भनेर फिर्ता बोलाइएको बताइएको छ । उनलाई मन्त्रालयको अतिरिक्त शाखामा हाजिर गराइएको भनिएको छ ।
कमेन्ट गर्नुहोस्