
काठमाडौँ । सरकारले गएको वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ वटा पुल निर्माण गरेको दावी गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार गएको वर्ष नयाँ ट्र्याक दुई सय ४३ किमी खुलेको छ भने दुई सय ४९ किमी सडक पुनःनिर्माण भएको छ । सात सय ६१ किमी सडक मर्मतको लक्ष्य रहेकोमा भने पाँच सय ३८ किमी मात्र सम्पन्न गरिएको छ।
अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक निर्माण भइरहेको छ भने तमोर कोरिडोरअन्तर्गत मूलघाट–सुभाङ्गखोला खण्डको ठेक्का व्यवस्थापनको काम सम्पन्न भएर निर्माणको काम शुरु भएको छ । ग्वार्खो ‘फ्लाइओभर’ को निर्माण भइरहेको र सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि बहुवर्षीय ठेक्का र स्रोत सुनिश्चितताका लागि सहमति माग गरिएको छ ।
सरकारको आम्दानी क्रमशः घटिरहेको र गत बर्षका निर्माणका कार्यहरुको भुक्तानी नपाएर निर्माण ब्यबसायी आन्दोलनमा रहेको परिप्रेक्ष्यमा सरकारी दावी बिस्वस्नीय नरहेको सम्बद्ध श्रोतको भनाइ रहेको छ ।







