कार्यकालको प्रथम सर्वदलीय बैठक बोलाउँदै राष्ट्रपति

Share:

काठमाडौँ । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो कार्यकालको प्रथम सर्वदलीय बैठक बोलाउने भएका छन् ।

पौडेल राष्ट्रपति भएपछि ठुला दलका शिर्षनेताहरु संग भेट भएपनि अन्य दलका नेताहरुसंग भने भेट नभएको भन्दै बोलाउन लागिएको सर्वदलीय बैठकमा समसामयिक राजनैतिक घटनाक्रमका बिषयमा राष्ट्रपतिले छलफल गर्ने सम्भावना रहेको छ भने हाल अवरोधित सदन खुलाउने बिषयले पनि प्रवेश पाउने सम्भावना रहेको बुझिएको छ ।

राष्ट्रपतिका सल्लाहकार सुनील थापाले शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने तयारी भइरहेको बताउदै राष्ट्रपतिले अहिलेको परिस्थिति बुझ्नका लागि उहाँले इच्छा गर्नुभएको बताउनु भएको छ ।

राष्ट्रपति पौडेलले गत शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटवार्ता गर्नु भएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,  सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि हालै छलफल गरेका थिए ।

कमेन्ट गर्नुहोस्