सांसद सुनिल शर्माले दिए आमरण अनशन बस्ने चेतावनी, प्रधानमन्त्रीले माफि र गृहमन्त्रीले राजिनामा दिनुपर्ने माग

Share:

काठमाडौँ । सिआइबि ले नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ गरेको नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन्।

‘अहिलेका गृहमन्त्रीले बिनाशर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ। यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी गर्नुहुन्न भने आमरण अनशन डिक्लियर गर्छु।’

बैठकमा बोल्दै सुन तस्करी प्रकरणमा नैतिक रूपमा संलग्न व्यक्तिहरूको राजीनामा माग गर्दा आफूलाई पक्राउ गरेर दुःख दिएको आक्रोश पोखेका सांसद शर्माले प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गरेको कि प्रजातान्त्रिक सरकारको भन्दै प्रश्न समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्