
काठमाडौँ । उच्च छानबिन समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधपछि प्रतिनिधिसभाको बैठक पुन: स्थगित भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।
एमालेले सत्तापक्ष नै तस्करी संग गाठसाठ भएको भन्दै हाल सक्रिय सरकारी संयन्त्रले निस्पक्ष अनुसन्धान गर्न नसक्ने भन्दै उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखिरहेको हो। यही माग राखेर श्रावण १० देखि संसद अवरोधित छ।
कमेन्ट गर्नुहोस्







