
काठमाडौं । माओवादी केन्द्रका तर्फ बाट सामान्य प्रशासन मन्त्री बनेका अमनलाल मोदी लाई प्रतिस्थापन गर्दै जनमत पार्टीकी सांसद अनितादेवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।
उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत बिसिस्ट व्यक्तिहरु सहभागी थिए ।
जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।
कमेन्ट गर्नुहोस्







