सीआईबीले टक्सारलाई सुन जोख्न पठायो पत्र

Share:

काठमाडौं । विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन जोख्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र पठाएको छ ।

टक्सार महाशाखाले सीआईबीबाट पत्र आएको पुस्टि गरेको छ । महाशाखाले सीआईबीबाट पत्र आएपछि राजश्व अनुसन्धान विभागको पत्रको पखाईमा रहेको जानकारी दिएको छ । महाशाखाका निर्देशक थानेश्वर आचार्यले सीआईबीबाट पत्र आएपनि राजश्वबाट समेत आउनुपर्ने बताए ।

राजश्व अनुसन्धान विभागले गत ३ श्रावण मा सिनामंगलबाट मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

राजश्व अनुसन्धान बिभाग बाट शुरु गरिएको अनुसन्धान अहिले सीआईबीले संगठित अपराध र राजश्व छलीको कसुरमा अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्