
काठमाडौँ । संघिय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा सदनमा भैरहेको गतिरोध, संसदीय समितिका सभापतिहरूको चयनलगायतका विषयमा केन्द्रित हुनेगरि प्रमुख तीन दलका शीर्ष नेताहरू सम्मिलित बैठक सिंहदरबारमा सुरू भएको छ।
बैठकमा अध्यक्षत्रय पुष्पकमल दाहाल ‘प्रचण्ङ’ केपी शर्मा ओली र शेरबहादुर देउवा सहभागी छन्। बैठकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, प्रमुख विपक्षी दल नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक महेश बर्तौला तथा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक समेत सहभागी रहेकाछन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएर पक्राउ परेको सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै गत साउन १० गतेदेखि नेकपा (एमाले) ले बैठक अबरुद्ध गरेपछि त्यसपछिका बैठकहरु सूचना टाँसेर गरेर स्थगन हुदै आएको छ ।







