
काठमाडौँ । भारतको मध्य प्रदेश स्थित छत्तरपुर जिल्लामा अवस्थित गढ़ा ग्राममा रहेको भगवान हनुमान को प्रसिद्ध मन्दिर बागेश्वर बालाजी धामका पिठाधिश्वर पण्डित धिरेन्द्र कृष्ण शास्त्री नेपाल आउने भएका छन् ।
सम्पूर्ण चाँजो पाँजो उद्योगपति बरुण चौधरी मार्फत हुने पण्डित शास्त्रीको नेपाल भ्रमण भाद्र १ गते काठमाडौँ अवतरण गरि शुरु हुनेछ । सोहि दिन पशुपतिनाथ मन्दिरमा विशेष पुजा गर्ने छन् भने भाद्र २ गते देखि ४ गते सम्म चौधरी समुहकै नवलपरासी जिल्ला स्थित शास्वत धाममा हनुमत कथा भन्ने कार्यक्रम तय भएको शास्वत धामका अशोक घर्तिले जानकारी दिएका छन् ।
भारतलाई हिन्दु राष्ट्र बनाउन लागि परेका पण्डित शास्त्री हनुमानका भक्त हुन् भने अनुहार हेरेकै भरमा सम्पूर्ण जानकारी पाउने भनि प्रख्यात छन् ।
कमेन्ट गर्नुहोस्







