
काठमाडौँ । मंगलबार दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी सूचना टाँसेर साउन २२ गते बस्ने गरि स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन काण्डको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबनाउँदा सम्म संसद् चल्न नदिने भएकोले अवरोध हटाउन सभामुखले पहल थाली मंगलबार मध्याह्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।
समितिको बैठकमा एमालेले सबैलाई आफ्ना धारणा राख्न दिने र सुन काण्डबारे छानबिन गर्न समिति नबनाए अवरोध गर्ने अडान राखेकोमा समिति बनाउने सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक सञ्चालन हुन नसकी साउन २२ गते दिउँसो १ बजे बस्ने भएको हो ।
कमेन्ट गर्नुहोस्







