भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हुन्छ ?

Share:

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पठाउने नयाँ सूचीमा मूल्य बढेर आएको हो।

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर साढे ८ रुपैयाँ र डिजलमा ७ रुपैयाँ ६१ पैसा बढेर आएको छ । साथै मट्टितेलमा प्रतिलिटर साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ मूल्य बढेर आएको छ। तर ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटेर आएको छ।

निगमले लागू गरेको स्वचालित बिक्री मूल्य प्रणाली अनुसार पेट्रोलियमको मूल्य बढ्ने भएको छ । गत वर्ष असार ३१ गते परल मूल्यमा डिजलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको हो।
कमेन्ट गर्नुहोस्