एमालेले गर्यो उच्चस्तरीय समितिको मागको, प्रतिनिधिसभा बैठक नबसी स्थगित

Share:

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेकपा एमालेले तस्करीको झण्डै सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हाे ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

सोमबार सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा एमालेले उच्चस्तरीय समिति गठन नभएसम्म अवरोध जारी राख्ने अडान राखेको थियो ।

एमालेले साउन १० गते पनि उच्चस्तरीय समितिको माग गर्दै प्रतिनिधिसभा अवरोध गरेको थियो । एमाले सचेतक महेश बर्तौलाले छलफलमा आफ्नो कुरा राखेको बताए ।

‘एमालेले सुन प्रकरण छानबिनका लागि समिति बनाउनुपर्ने अडान राखेकोले भोलिसम्मका लागि बैठक स्थगित भएको हो,’ उनले बताए ।

कमेन्ट गर्नुहोस्