
विराटनगर । दिनदिनै बढिरहेको डेंगु रोगको कारणले पुर्व क्षेत्रको शहर धरानमा ८ जनाको मृत्यु भएको छ भने करिब दुइ हजार चार सय सक्रिय संक्रमित रहेको देखिएको छ ।
धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले जनाए अनुसार वडा नं ११, १५, १७ र १८ बढी प्रभावित रहेको छ जहाँ परीक्षण गरिएका मध्ये करिब ६० प्रतिशतमा डेंगु संक्रमण देखिएको हो ।
संक्रमण बाट प्रभावितहरुको संख्यामा देखिएको वृद्धि संगै धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै डेंगु परिक्षण सेवा का साथै १५० शैयाको अलग वार्ड नै संचालनमा ल्याई सेवा प्रदान गरिरहेको छ ।
धरानमा रहेको २४० टोल विकास संस्था समेतलाई प्रयोगमा लिदै डेंगु नियन्त्रणका लागि सबै सरोकारवालाहरु एकीकृत भइ लामखुट्टे मात्र नभई लामखुट्टेका लार्भा कै श्रोत पत्ता लगाई नस्ट गर्ने ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन भइरहेको जनाइएको छ ।







