राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता

Share:

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र तारानाथ लुइटेल नेतृत्वको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच ५ बुँदे समझदारी गर्दै एकीकृत भएको घोषण गरिएको हो । समझदारीपत्रमा दुवै संस्थाका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।

एकीकरणपश्चात पदाधिकारी तथा नेता कार्यकर्तालाई अध्यक्षद्वयको सहकार्यमा यथोचित व्यवस्थापन गर्ने, केन्द्रमा भएको एकीकरण अनुरुप तल्लो तहमा पनि एकीकृत भएर अघि बढ्ने सहमति भएको मोर्चाकी प्रवक्ता सृजना वाग्लेले जानकारी दिइन् ।

समान विचार राख्ने राजनीतिक शक्तिसँग परिस्थितिजन्य सहकार्य–एकीकरण गर्ने कामलाई निरन्तरता दिने, देशमा विद्यमान व्याप्त भ्रष्टाचार, तस्करी, कालोबजारीको अन्य गर्न विधिको शासन, मानव अधिकारको रक्षा गर्दै सम्मुनत नेपाल स्वाभिमानी नेपाली बनाउन लागिरहने लगायत समझदारी भएको छ ।

 

कमेन्ट गर्नुहोस्