अफ्रिकी देश नाइजरको राष्ट्रपति हिरासतमा, सत्ता सेनाको हातमा

Share:

११ साउन, काठमाडौं । पश्चिमी अफ्रिकी देश नाइजरका निर्वाचित रास्ट्रपति मोहम्मद बजुम हिरासतमा पुगेका छन् । त्यहाको सेनाले सत्ता तमा लिइ रास्ट्रपतिलाई हिरासतमा लिएको हो ।

सेना प्रमुख कर्नेल अमादु अब्दरामले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै देशको सुरक्षा व्यवस्था लगातार बिगि्रँदै गएको र आर्थिक तथा सामाजिक व्यवस्था पनि नाजुक भएकोले सत्ता हातमा लिनु परेको बताएका छन् भनि बेलायती समाचार संस्था बिबिसीले उल्लेख गरेको छ । सेना प्रमुखले स्थिर नहुन्जेल स्थल र हवाई सिमाना बन्द रहने बताउदै अर्को सूचना जारी नभएसम्मका लागि राति दश बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी पनि दिए ।

पश्चिम अफ्रीकामा इस्लामी उग्रवाद विरुद्धको लडाइँमा पश्चिमी देशलाई सहयोग गर्दै आएका बिस्थापित रास्ट्रपति बजुमको समर्थनमा संयुक्त राष्ट्रसंघ र अमेरिका बिस्थापित राष्ट्रपतिको पक्षमा रहेको जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले बजुमलाई अटुट समर्थन रहेको बताएका हुन् भने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले पनि राष्ट्रपति बजुमसँग कुराकानी गर्दै उनलाई पूर्ण सहयोग गर्ने बताएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्