महोत्तरीमा एनएमबि बैंक लुटियो, संलग्न भारतीय युवक पक्राउ

Share:

महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेका भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी नागरिक पक्राउ परेका छन् ।

जि.प्र.का. महोत्तरीका प्रवक्ता प्र.ना.उ. दिलीपकुमार गिरीले जनाए अनुसार गत जेठ १६ गते चार-पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राही समेतलाई कब्जामा लिएर रु १५ लाख लुटि नम्बर नखुलेको मोटरसाइकलमा फरार भएका थिए ।

साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका अजय माथि हातहतियार र चोरी डाँका शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्