चिनियाँ शीर्ष नेता काठमाडौंमा

Share:

काठमाडौं, ७ साउन । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन श्रीलंका भ्रमण सकेर काठमाडौं आइपुगेका छन् । गत पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि यो चीनबाट हुन लागेको उच्चस्तरको भ्रमण हो ।

च्युन सीपीसीका माथिल्लो तहका नेता हुन् । तीन दिने तालिका बनाएर काठमाडौं आएका रह उनले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीको आसन्न चिन भ्रमणको तयारीको समेत छलफल हुने भएतापनि प्रधानमन्त्री दाहाल गत शनिबार नै इटाली भ्रमणको निम्ति प्रस्थान गरिसकेकोले प्रधानमन्त्री प्रचण्ड संग भने भेट नहुने भएको छ ।

कमेन्ट गर्नुहोस्