
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बोर्डको बैठक राखेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो । सरकारले बजेट सार्वजनिक गरेपश्चात मौद्रिक नीतिमा ध्यान केन्द्रित गरेको राष्ट्र बैंकले विभिन्न सरोकारवालाहरु संगको छलफल पश्चात देश को मौद्रिक नीति तय गरेको हो ।
आज बिहान ८ बजेदेखि बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी रहेको र बोर्डले पास गर्ने वित्तिकै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । श्रोतका अनुसार मौद्रिक नीति दिउँसो ३ बजे जारी गरिने छ । सरकारले तय गरेको ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नेगरी अर्थतन्त्रको आन्तरिक र बाह्य क्षेत्रको सुधारलाई सन्तुलित राख्ने गरी मौद्रिक नीतिको तयारी गरिएको बुझिएको छ ।
कमेन्ट गर्नुहोस्







