
अक्सर स्मार्टफोनको स्पेसल अडिसन मोडेल बजारमा ल्याउने गरेको चिनिया टेक ब्रान्ड OnePlus ले लोकप्रिय गेम Genshin Impact संगको सहकार्यमा खास प्रकारको लिमिटेड एडीसनको फोन चिनिया बजारमा सार्वजनिक गरेको छ । OnePlus 11 5G Genshin Impact Edition नाम रहेको उक्त फोन केवल १००० थान मात्र बजार मा आउनेछ ।
कम्पनिले जनाए अनुसार यो अत्याधुनिक र उच्च क्षमताको फोन विभिन्न मोबाईल गेम खेल्न को लागि डिजाइन गरिएको हो ।
कम्पनिले जनाएअनुसार यो फोन एक विशेष बक्सका साथ उपलब्ध हुनेछ जसमा गेमको लोकप्रिय पात्र Xiangling समाबेश छ । यो संगै बक्समा गेमका कयौ संग्रहण योग्य एसेसरिजहरु सामेल रहेको छ ।
यो फोन अमेरिका र क्यानाडा मा अमेरिकी डलर १,१५० रहने छ ।
कमेन्ट गर्नुहोस्







