विपद्कालको घोषणा गरि दोस्रो विश्वयुद्धकालीन दुई सय २७ किलोको बम डिफ्युज गरिदै

Share:

प्रशान्त महासागरमा अवस्थित विश्वकै सानो देश मध्येको एक नाउरु टापुमा दोस्रो विश्वयुद्धकालीन दुई सय २७ किलोको बम डिफ्युज गर्न विपद्कालको घोषणा गरिएको छ ।

नाउरु टापुको क्षेत्रफल २१ वर्ग किलोमिटर तथा जनसंख्या करिब ११ हजार मात्र रहेकोले सम्भाव्य दुर्घटना नहोस भनि उक्त विशाल बम निष्क्रिय पार्न स्कुल तथा कार्यालयमा बिदा दिइएको छ भने थुप्रै ठाउँ खाली गरिने जनाइएको छ । बम निष्क्रिय पार्ने क्रममा करिब २ किलोमिटर क्षेत्रफल खाली गरिनेछ भने बाकिँ जनसंख्यालाई बम विस्फोट भएमा सम्भावित तयारी गराइएको छ । मानिसहरुलाई झ्यालका सिसामा सिरानीहरु राख्न सुझाव दिइएको छ ।

जुलाई ७ मा निर्माणका काम गर्ने कामदारहरुले फेला पारेका उक्त बम निष्क्रिय पार्न करिब ४५ किलोमिटरको दुरीमा रहेको अस्ट्रेलियन सेनाको टोली आउने जानकारी अस्ट्रेलियन समाचार संस्थाहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्