आजको मौसम

Share:

काठमाडौँ, २०८० श्रावण ०२ ।  मौसम  बिज्ञान बिभाग बाट जारी देशको मौसम सम्बन्धि पूर्वानुमान अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा  तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ। त्येसैगरी आज राती देशभर आंशिक देखी सामान्य  रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागले आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा  तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।

विभागका मौसमविद बिनु महर्जनका अनुसार आज एक दिन मनसुन अलि बढी सक्रिय हुने भए पनि आज रातिबाटै वर्षा कम हुँदै जाने देखिएको छ । पानी पर्ने क्रम देशैभरी नै विस्तारै कम हुँदै जाने र पानी परे पनि पहाडी भूभागतिर पर्ने सम्भावना रहेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्